वैद्यलाई सराप्दै सिंगो जिल्ला कमिटी चन्द माओवादीमा विलय

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १५:४६ मा प्रकाशित

रोल्पा, १९ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको रोल्पा जिल्ला कमिटी नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा mohan baidhya-netra bikram chandसमाहित भएको छ ।

पार्टीको शुक्रबार सदरमुकाम लिवाङमा सम्पन्न पहिलो बैठकद्वारा जिल्ला कमिटीको जिम्मेवार पदमा रहेका सबै नेता, कार्यकर्ता नेकपा माओवादीमा समाहित भएको जनाइएको छ ।

नवगठित माओवादीको प्रथम बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य धर्मेन्द्र बाँस्तोला, मगरात राज्य इन्चार्ज सन्तोष बुढा, जिल्ला इन्चार्ज नन्दबहादुर बुढाले पछिल्लो चरणमा कम्युनिष्ट पार्टीहरु बिग्रँदै गएका कारण आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको बताए ।

उनीहरुले एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीले नेपाली जनताको सपना साकार पार्न नसकेको आरोपसमेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us