नेपाल फाइनान्स सङ्कटग्रस्त

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेड (नेफिन्सको) लाई समस्याग्रस्त घोषणा गरेको छ ।

राष्ट्र बैंकले पूँजी पर्याप्तता नभएको, खराब कर्जा ५४ प्रतिशत भन्दाबढी भएको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै बुधबार उक्त फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो
राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रलाई नियन्त्रण गर्ने अधिकार उसँग रहन्छ ।

राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले सो फाइनान्सले एउटै कम्पनी र आपसी सम्बन्ध भएका व्यक्तिलाई २५ प्रतिशत भन्दा बढी ऋण प्रवाह गरेको, नियमविपरीत सहकारी संस्थाको संस्थागत सेयरमा लगानी गरेको बताए ।

एनका अनुसार फाइनान्सले पूँजी वृद्धि गर्न नसकेको र मर्जर प्रक्रियामा पनि जाननसकेकाले समस्या थपिँदै गएको भएपनि खराब कर्जा सङ्कलन गरी व्यवस्थापन सुदृढ गरेमा पुनः पहिलेको अवस्थामा फर्कन सक्ने छ । फाइनान्सको चुक्ता पूँजी रु २२ करोड हुनुपर्नेमा अहिले रु १३ करोड ४८ लाख मात्र रहेको छ ।
पहिलो फाइनान्सका रुपमा स्थापित सो फाइनान्सको अध्यक्ष रविमान प्रधान हुनुहुन्छ भने अब फाइनान्सले थप निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गर्न नपाउने भएको छ ।

त्यसैगरी  दुई लाखभन्दा बढी निक्षेप फिर्ता गर्न र सम्पत्ति बेचबिखन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us