बेलायतमा नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ५:५९ मा प्रकाशित

लण्डन– बेलायतमा एक नेपालीको मृत्यु भएको छ ।

राजधानी लण्डननजिकै रहेको प्लमस्टिड भन्ने ठाउँमा ३४ बर्षीय अनिलजंग थापाको हृदयघातका कारण निधन भएको हो ।

उनको नेपालस्थित ठेगाना गुल्मी दरबार देवीस्थान–७ भएको बेलायतमा रहेका पत्रकार दधिराज घिमिरेले बताए ।

उनका अनुसार  थापाको लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us