
धादिङ, १७ मंसिर– धादिङ उद्योग वाणिज्य संघले आगामी पुस २ देखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका–३ धादिङबेसी बजारमा चौंथो धादिङ महोत्सव आयोजना गर्ने भएको छ ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले बताए ।
संघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जिल्ला विकास समिति सहआयोजक र नेपाल टुरिजम बोर्ड प्रवद्र्धक रहेको महोत्सवका लागि १५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १५ वटा विषयगत समितिसमेत गठन भइसकेको बताए ।