चीनसँग बिप्पा गर्ने सरकारी तयारी

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १५:३० मा प्रकाशित

mahesh basnetअत्तरिया, १६ मंसिर– उद्योग मन्त्री महेश बस्नेतले नेपालमा लगानी भित्र्याउन छिमेकी चीनसँग पनि छिटै बिप्पा सम्झौता गरिन लागेको बताएका छन् ।

प्रेस चौतारी कैलाली शाखाले मंगलबार यहाँ गरेको पत्रकार सम्मेलनमा उनले वैदेशिक लगानी भित्र्याउन भारतसँग बिप्पा सम्झौता भइसकेको र अब चीनसँग पनि गरिने उल्लेख गरे ।

सरकारले कृषि, जलविद्युत्, पर्यटन, घरेलु उद्योगलगायत क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताउँदै देशका विभिन्न जिल्लामा औद्योगिकीकरणका कार्यक्रम सञ्चालन गरिनेछ भने ।

मन्त्री बस्नेतले कैलालीको तालबन्ध र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने पहल भइरहेको बताए ।  कैलालीको तालबन्धमा औद्योगिक क्षेत्र बनाउन रु ४५ लाख बजेट छुट्याएको समेत उहाँले जानकारी दिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us