अलैंचीको भाउ बढ्यो, एक मनको एक लाख

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते ११:२१ मा प्रकाशित

alaichi
पाँचथर, १६ मंसिर– गत वर्षको तुलनामा यस वर्ष अलैँचीले राम्रो भाउ पाएपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष झन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ ।

गत वर्ष रु ८० हजारसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन रु एक लाखका दरले बिक्री भइरहेको नेपाल अलैँची व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले जानकारी दिए । अलैँचीको मूल्य यस पटक सबैभन्दा धेरै आकासिएको छ ।

उनका अनुसार अलैँचीको उत्पादन भने गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष पाँच हजार मेट्रिकटन उत्पादन भएको अलैँची अहिले भने छिर्के फुर्के, गानो कुहिनेलगायत रोगका कारण उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us