
धुन्चे, १५ मंसिर– नेपाल र चीनबीच लिन्दे खोलामा रहेको ऐतिहासिक रसुवागढी नाका औपचारिकरुपमा आजदेखि खुल्ला भएको छ ।
दुई देशबीच अविच्छिन्नरुपले व्यापार व्यवसाय अभिवृद्धि गर्न ल्हासाका लागि नेपाली महावाणिज्य दूत हरि बस्याल र चीनको तिब्बत क्षेत्र हेर्ने उपाध्यक्ष टोङ मिन चिङले औपचारिकरुपमा नाका खुल्ला गर्नुभएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख सुरेन्द्र प्रधानले जानकारी दिए ।
सदरमुकाम धुन्चेबाट ३० किलोमिटर उत्तरमा रहेको रसुवागढी नाकाबाट नेपाली उत्पादनका वस्तुलाई निर्यात सहज पार्न चिनियाँ पक्षलाई आग्रह गरिएको नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङले बताए ।
रासस