सोलुखुम्बुमा एक सय ३२ सवारी कारबाहीमा

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ३:३५ मा प्रकाशित

सोलुुखुम्बु, १५ मसिर– नियमविपरीत सवारी चलाउने सवारी ट्राफिक कारबाहीमा परेका छन् । सोलुखुम्बु जिल्लामा कात्तिक/मंसिरमा एक सय ३२ वटा सवारी कारबाहीमा परेको जनाएको छ ।

जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गरेपछि कात्तिक महिनायता कारबाहीमा पर्ने सवारीको संख्या बढेको  हो ।

कारबाहीमा परेका सवारीबाट कात्तिक महिनादेखि यता हालसम्म रु ५९ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स तथा कागजात नभएका र अन्य नियम मिचेका सवारीसाधनबाट राजस्व संकलन भएको ट्राफिक इन्चार्ज भेषबहादुर थापाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us