
वीरगन्ज– भारतीय पशु अधिकारकर्मीले भारतीय कानुन तोडेको आरोपमा गढीमाई मेला समितिका पदाधिकारीविरुद्ध मुद्धा दता गराएका छन् ।
भारतीय उच्च अदालतको आदेशविपरीत गढीमाईमा पशुबली दिइएको भन्दै समितिका १० पदाधिकारीविरुद्ध रक्सौल थानामा मुद्दा दर्ता गरिएको छ । गढीमाई मेला समिति अध्यक्ष रामचन्द्र साह, महासचिव मोतीलाल कुशवाहा, पूर्वसभासद शिवचन्द्र कुशवाहसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
भारतीय जीवजन्तु कल्याण बोर्ड सदस्य एवम पिपुल फर एनिमलकी सदस्य गौरी मलेखीले भारतीय नागरिकलाई बलीका लागि उक्साएको आरोपमा मुद्दा दर्ता गराएकी हुन् । भारतीय उच्च अदालतले भारतबाट गढीमाई मेलामा बलीका लागि राँगा ल्याउन प्रतिबन्ध लगाएको थियो ।
यसैबीच पूर्वसभासद कुशवाहले आफूहरु नेपाली नागरिक भएको र भारतीय अड्डामा मुद्दा दर्ता हुँदैमा केही फरक नपर्ने बताए । उनले बयानका लागि बोलाइए आफूहरु नजाने पनि पष्ट्याए ।