सार्कका बेला रोपिएका विरुवा नाघेर बाटो काट्ने १७८ पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– प्रहरीले काठमाण्डुमा जथाभावी बाटो काट्ने १ सय ७८ पैदल यात्रुलाई पक्राउ गरेको छ ।

बबरमहलदेखि बानेश्वरसम्म सार्कका बेला राखिएका गमला र बोटबिरुवा नाघेर बाटो काट्ने उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

परिसर प्रवक्ता नायब उपरीक्षक दिनेश आचार्यले ग्रिनबेल्टमा बाटो काटेका कारण पक्राउ गरिएका उनीहरुलाई अबदेखि त्यसो नगर्ने सर्तमा छाडिएको बताए । त्यसका लागि परिसरले सादा पोशाकका प्रहरी खटाएको थियो ।

सार्क सम्मेलनका क्रममा पाहुनाको स्वागतका लागि रोपिएका बिरुवा सर्वसाधारणले उखेल्न र कुल्चन थालेको गुनासो बढेपछि सरकारले संरक्षणका लागि पहल थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us