खेलाडीहरुले चलखेल गरेर सेयर बजार बिगारे: अर्थमन्त्री

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १०:४२ मा प्रकाशित

ramsharanकाठमाण्डु, १४ मंसिर– अर्थमन्त्री रामशरण महतले पछिल्लोपटक शेयर बजार अस्वभाविक रुपमा ओरालो लागेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै महतले सीमित खेलाडीले चलखेल गरेर सेयर बजार घटाएको आरोप लगाए ।

उनले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको, विदेशी लगानी बढिरहेको तथा निजी क्षेत्र उत्साहित भएका बेला शेयर ओरालो लाग्नु आश्चर्यजनक भएको बताए ।

‘सीमित खेलाडीहरुको ‘म्यानुपुलेसन’ ले नेप्से इन्डेक्स घटेको हुनसक्छ’ उनले भने, ‘सरकारले यसमा अध्ययन गरिरहेको छ ।’

पत्रकार सम्मेलनमा उनले अर्थ मन्त्रालयले जनताका गुनासो सुन्न अनुगमन महाशाखाअन्तर्गत ‘विगुल कक्ष’ स्थापना गरेको छ जानकारी दिए ।

त्यसमार्फत अर्थ मातहतका निकायमा कामकारबाहीमा ढिला सुस्ती तथा भ्रष्टाचार भए सर्वसाधारणले इमेल, फोन, फ्याक्स र पत्राचारमार्फत जानकारी गराउने सक्ने उनको भनाइ थियो ।

महतले मुलुकको अर्थतन्त्र सकरात्मक दिशातर्फ उन्मुख भइरहेको दाबी पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us