धान किन्न सुरु गर्‍यो खाद्य संस्थानले

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ११:११ मा प्रकाशित

नेपालगन्ज, ११ मंसिर– नेपालगन्जमा रहेको नेपाल खाद्य संस्थानको कार्यलयले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । संस्थानका प्रमुख शंकर सापकोटाका अनुसार संस्थानले अहिलेसम्म किसानबाट मोटो धान सात सय र मध्यम धान चार सय गरी एक हजार एक सय क्विन्टल धान खरिद गरिसकेको छ ।

dhan

गत वर्षभन्दा यस वर्ष ३० क्विन्टल धान बढी खरिद गर्ने योजना प्रस्तुत गरेको संस्थानले धान खरिदको मूल्य पनि निर्धारण गरेको छ ।

निर्धारित मूल्यअनुसार, मोटो धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार एक सय ५० र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार दुई सय ५० मूल्य रहेको छ ।

नेपालगन्जको कारकाँदोस्थित कार्यालय परिसरमा संकलन केन्द्र स्थापना गरेको संस्थानले दैनिक सरदर ४० जना कृषकबाट धान खरिद गरिरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us