कमल थापाको पार्टीबाट लावतीका बाबुछोरा आउट

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १२:५० मा प्रकाशित

kalam thapa-lawatiकाठमाण्डु, ९ मंसिर– राप्रपा नेपालले नेता पद्मसुन्दर लावती र उनका छोरा एवम् केन्द्रीय सदस्य सगुन लावतीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले पार्टी नितीविवारीत गतिविधि गरेको भन्दै लावती बाबुछोरालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनीहरुमाथि पार्टी नेतृत्वप्रति भ्रम फैलाएको, पार्टी नाम र झण्डा दुरुपयोग गरेको, देशभर समानान्तर भेला गर्नुका साथै सांगठनिक अभ्यास गरेकाले उनीहरुलाई निष्काशन गरिएको राप्रपा नेपालले जनाएको छ ।

लावती पक्षले पार्टी शुद्धीकरण अभियानका नाममा देशभर समानान्तर गतिविधि गर्दै आएको छ । केही दिनअघि राजधानीमा भएको असन्तुष्ट पक्षको भेलाले निरंशुक र व्यक्तिवादी चरित्र सुधार्न अध्यक्ष थापालाई तीना साताको अल्टिमेटम दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us