पानीभित्रै फल्ने भो आलु

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ११:३१ मा प्रकाशित

ललितपुर, ९ मंसिर-राष्ट्रिय आलुबाली अनुसन्धान कार्यालयले पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणको सफलतासँगै डढुवा रोग नलाग्ने आलु विकसित गरेको छ ।

aalu

राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारले आज ‘आलुबालीको डढुवा रोग र अनुसन्धानको उपलब्धि’ विषयक अन्तक्र्रियामा पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणसँगै डढुवा रोग नलाग्ने आलुको बीउ विकास गरेको बताए ।

अनुसन्धान कार्यक्रमका संयोजक डा वुद्धिप्रकाश शर्माका अनुसार हरेक वर्ष कृषकलाई आलुमा लागेको डढुवा रोगले सताउने गरेकोमा डढुवा रोगबाट बच्नका लागि डढुवा नलाग्ने आलुको बीउ विकास गरेको हो । शर्माका अनुसार डढुवा नलाग्ने र पानीमा फलाउन सक्ने आलु विकास गरिसकेको भए पनि परीक्षणपछि मात्र कृषकसम्म पठाउने कार्यक्रम रहेको छ ।

डढुवा रोगको नियन्त्रणले किसानलाई फाइदा पुग्ने भए पनि पानीभित्र फलाउने आलु लगाउनका लागि सबै कृषकका लागि सम्भव हुनेछैन, यो प्रविधि अलि महँगो छ ।

अहिले चिसोको मौसम भएकाले आलुमा बढीमात्रामा डढुवा रोग लाग्ने गरेको छ । डढुवा रोगबाट आलुलाई बचाउनका लागि बादल लाग्नेबित्तिकै आलुको बिरुवामा औषधि राख्नुपर्ने आलु विज्ञले सल्लाह दिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us