पाकिस्तानी प्रधानमन्त्री सरिफ पनि काठमाण्डुमा

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १०:०३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाण्डु आइपुगेका छन् ।

sarif
सरिफलाई उपप्रधानमन्त्री प्रकाशमान सिहले स्वागत गरेका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले आइतबार एक विज्ञप्ती जारी गरी पाकिस्तानले सार्क सम्मेलनलाई उच्च महत्व दिएको जनाएका थिए ।
पाकिस्तानको द न्युजले जनाए अनुसार प्रधानमन्त्री सरिफले ‘सार्कका अन्य मुलुकका नेता’ नेतासँग पनि भेटघाट गर्नेछन् ।
तर विदेश मन्त्रालयले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट हुने÷नहुनेबारे चाहिं केही खुलाएको छैन । द न्युजका अनुसार मोदीसँग भेट्ने पूर्व तालिका बनेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us