
काठमाण्डु, ३० कात्तिक– अध्यक्ष मोहन वैद्य ‘किरण’ को कार्यदिशामा असन्तुष्टि जनाउँदै आफ्नो समूहको छुट्टै भेला गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लबले माघ ८ गतेअघि नै सशस्त्र संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
वर्तमान संविधानसभाबाट जनपक्षीय संविधान आउन नसक्ने निष्कर्षमा पुगेका चन्दले माघ ८ गतेअघि नै सशस्त्र संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
वर्तमान संविधानसभाबाट जनपक्षीय संविधान आउन नसक्ने निष्कर्षमा पुगेका चन्दले ‘संविधान निर्माण प्रक्रिया बिथोल्ने गरी सशस्त्र संघर्षमा उत्रिन तयार रहन निर्देशन दिएका हुन् ।
चन्दले आफूहरुसँग दशवर्षे जनयुद्द लड्दाका हतियार रहेको दाबी गर्दै आएका छन् । २०६३ मा भएको शान्ति सम्झौतापछि नेपाली सेनालाई हतियार बुझाउने पार्टी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईको निर्णयप्रति उनले असहमति जनाएका थिए ।
असमझदारी बढेपछि एमाओवादी विभाजन गरेर नेकपा–माओवादी गठन गर्न चन्दले विशेष भूमिका निर्वाह गरेका थिए । स्रोतका अनुसार चन्द पक्षले त्यतिबेला लुकाएको हतियारको बलमा पुन: संघर्षको बाटो रोज्न लागेको हो ।
चन्दले कपिलबस्तु, दाङ र अर्घाखाँचीको सिमानामा बिहीबार र शुक्रबार आफ्नो समूहका राष्ट्रिय कार्यकर्ता भेला गरेका थिए । भेलामा सहभागी एक नेताले चन्दलाई उद्धृत गर्दै भने ,‘संघर्षका प्राविधिक विषयमा तपाईंहरुले सम्बन्धित निकायमार्फत थाहा पाउनुहुनेछ । खाका तयार पारेका छौं ।’
भेलामा चन्दले हतियारको संख्या र प्रकृतिवारे भने केही पनि बताएनन् । भेलामा पूर्वलडाकुहरुले सशस्त्र संघर्षका लागि तयार रहेको जनाउ दिएका थिए ।
भेलामा चन्दले पहिलो चरण प्रचारात्मक हुने, दोस्रो चरणमा दलाल र भ्रष्टाचारीमाथि कारबाही हुने र तेस्रो चरणमा जनसत्ता घोषणा गर्ने खाका प्रस्ताव गरेका थिए ।
संघर्षका लागि परिस्थिति परिपक्व रहेको विश्लेषण चन्दले सुनाएका थिए ।
अन्नपूर्ण पोष्टबाट