नेपाल एसीसी अण्डर–१९ क्रिकेटको उपविजेता

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १४:१३ मा प्रकाशित

U-19काठमाण्डु, २९ कात्तिक– नेपाल एसीसी अण्डर नाइन्टीन क्रिकेटको उपविजेता बनेको छ ।
शनिबार भएको आफ्नो अन्तिम खेलमा यूएईलाई ९४ रनले पराजित गर्दै नेपाल उपविजेता बनेको हो ।

जितसँगै नेपाली टोलीले विश्वकप खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको यूएई ४४ दशमलब ३ ओभरमा १५६ रन बनाएर अलआउट भयो । यूएईका लागि वरुना परेराले ५७ र कार्तिक शेखरले ५२ रन बनाए । अन्य व्याट्सम्यान नेपाली बलरसामु जम्न चलेनन् ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेन्द्र ऐरीले १९ रनमा ३ विकेट हात पारे । यस्तै इर्शाद अहमदले २ ताथ शौरभ खनाल, आरिफ शेख, सुशील कँडेल र सुनिल धमलाले एक–एक विकेट लिए । कुवेतको टाकटेक मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५० रन बनायो । सन्दिप सुनार र आरिफ शेखले ५२ रनको साझेदारी गरे ।
आरिफले शंकर रानासँग ८३ रनको साझेदारी गरे । आरिफले ६० रन बनाए । ८६ बलको सामना गरेका उनले चार चौका र एक छक्का हाने । चौथो विकेटका रुपमा आउट भएका शंकर रानाले ४८ रन बनाए ।
प्रेम तामाङले ४८ बलमा चार चौकासहित ४६ रन बनाए । नावौं नम्बरमा व्याटिङ गर्न आएका यागेन्द्र कार्कीले २८ बलमा चार चौकासहित अविजित ३५ रनको योगदान दिए ।
यसैबीच फाइनलमा कुवेतलाई २०६ रनले हराउँदै अफगानिस्तानले उपाधि जितेको छ । जितसँगै उसले आगामी सन् २०१६ मा बंगलादेशमा हुने यू–१९ विश्वकपमा स्थान पक्का गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us