अबदेखि राति पनि खुल्ने भाे अदालत

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १:०२ मा प्रकाशित

suprime coartकाठमाण्डु, २७ कात्तिक– मुद्दाको बढ्दो चापलाई ध्यानमा राख्दै फैसला छिटो गर्नका लागि सर्वोच्च अदालतले रात्रिकालीन अदालत सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा यो व्यवस्था जिल्ला अदालतबाट सुरु गर्न लागिएको छ ।
रात्रि समयमा पनि न्यायका उपभोक्ताले सहजतापूर्वक न्याय प्राप्त गरुन भन्ने उद्देश्यका साथ सर्वोच्च् अदालतले रात्रिकालीन अदालत सञ्चालनको तयारी गरेको हो । त्यसका लागि बिहीबार बस्ने सर्वोच्चका सबै न्यायाधीश सहभागी पूर्ण बैठकमा प्रस्ताव पेश हुँदैछ ।
नियमित समयभन्दा अतिरिक्त समयमा पनि अदालत सञ्चालनका लागि जिल्ला अदालत नियमावली २०५२ मा संशोधन गर्ने तयारी गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता एवम् रजिष्ट्रार बाबुराम दाहालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us