कुमारी बैंकका सेयर धनी मालामाल

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक – कुमारी बैंक लिमिटेडले सेयर धनीलाई ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

kumari bankबैंकको सञ्चालक समितिका अध्यक्ष नुरप्रताप राणाको अध्यक्षतामा आज बसेको १४ औँ साधारणसभाले सो निर्णय गरेको हो । अब बैंकको चुक्तापुँजी दुई अर्ब ४३ करोड १६ लाख ८० हजार पुगेको छ । गत आव ०६९–०७० मा सो चुक्तापुँजी एक अर्ब ८२ करोड ८३ लाख ३० हजार रहेको थियो ।

आव २०६९–०७० मा बैंकले २५ अर्ब ३१ करोड ८५ लाख ७० हजार निक्षेप परिचालन गरेकामा आव २०७०–०७१ मा २७ अर्ब ५७ करोड ८३ लाख ८० हजार पुगेको छ ।

गत वर्ष बैंकले कर्जा २० अर्ब ११ करोड ९७ लाख ९० हजार प्रवाह गरेकामा आव २०७०–०७१ मा २२ अर्ब ८० करोड ८५ लाख पुगेको छ ।

त्यसैगरी बैंकले आव २०७०–०७१ मा ३४ करोड १६ लाख ५० हजार खुदनाफा गरेको छ । बंैकको उपत्यका बाहिर २५ तथा उपत्यकाभित्र नौवटा शाखा गरी देशभर शाखा सञ्जाल ३४ विस्तार गरेको छ भने दुई वटा एक्सटेन्सन काउन्टर तथा ४० एटिएम सञ्चालनमा छन् ।

सूचना प्रविधि, बैंकिङ सेवाको गुणस्तर वृद्धि गर्दै शाखारहित बैंकिङ कार्यक्रमलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा व्यवस्थित बनाउने बैंकको लक्ष्य छ ।

बैंकले देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण, छात्रवृद्धि, बाढीपीडित तथा कुमारीजात्रा आयोजकलाई आर्थिक सहयोगलगायत सामाजिक कार्य गर्दै आएको छ ।

त्यसैगरी देशका विभिन्न ग्रामीण भेगमा वित्तीय साक्षरता, बहिरा विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us