नेपालकाे लगातार तेश्राे जित, मलेसिया ११६ रनले पराजित

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक – एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ५३ रनले पराजित गर्दै तेश्राे जित हात पारेकाे छ ।

११६ रनको चुनौती पाएकाे  मलेसिया ३०.४ ओभरमा ६२ रन जोड्दा अल आउट भयो ।

u 19 cricटस जितेर पहिले व्याटिङ थालेको नेपालले ४० ओभरमा ११५ रन जोड्दा सबै विकेट गुमायो ।

यसअघिका खेलमा ३०० बढी रन बनाएर उत्कृष्ट प्रदर्शन गरेको नेपालले मलेसियाविरुद्ध भने राम्राे   हुन सकेकाे थिएन ।

नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए । सुनिल धमला १९, प्रेम तामाङ १६ र यागेन्द्र कार्की ११ रनमा आउट भए । प्रदिप ऐरी १२ रनमा अविजित रहे ।

अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिप सुनार ५, शौरभ खनाल ३, शंकर राना २ रनमा आउट भए । आरिफ शेख, सुशील कँडेल र अर्जुन चापागाईंले खाता नै खोल्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us