कला र संस्कृति विकासका लागि डेनमार्कको सहयोग

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते १२:०० मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक – डेनमार्कले नेपालको कला र संस्कृतिका क्षेत्रमा टेवा पु¥याउन नयाँ सहयोगका कार्यक्रम विस्तार गरेको छ ।

denmark flagकला र संस्कृतिका माध्यमबाट बौद्घिक विकासका साथै व्यक्ति तथा संस्थालाई केन्द्रित गरेर आयआर्जनको सम्भावना रहेका उत्पादन तथा सेवा क्षेत्रमा कार्यरत युवा उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले सहयोग विस्तार गरिएको यहाँस्थिति डेनिस दूतावासले जनाएको छ ।

दूतावासले नेपालका विभिन्न छ साझेदार संस्थासँग संस्कृति र विकास कार्यक्रम सञ्चालनका निमित्त साझेदारी गरिएको जनाएको छ । नेपालमा कला र संस्कृतिको महत्व विषयमा आफनो क्षमता प्रस्फुटन गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति र विकास कार्यक्रमसंग सम्बन्धित विभिन्न १० वटा संस्थाले भाग लिएका थिए ।

नेपालका लागि डेनमार्कका राजदूत क्रिस्टन रोजेनभोल्ड गिलानले नेपालका भावीपुस्तालाई बौद्धिक रुपमा सक्षम बनाउन सिर्जनशील क्षमताको विकास गर्नुपर्ने औल्याए ।

दूतावासको समन्वयमा यहाँस्थित संस्कृति र विकासका लागि डेनमार्क केन्द्र (सिकेयु) ले सन् २००७ देखि आयआर्जनको सम्भावना रहेका उत्पादन तथा सेवा क्षेत्रमा कार्यरत युवा उद्यमीलाई विविध कार्यक्रममार्फत उत्प्रेरणा दिँदै आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us