
एजेन्सी– विश्वप्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकरले किताब लेख्ने कार्य निकै कठिन भएको बताएका छन् । केही समयअघि आत्मकथाको पुस्तक सार्वजनिक गरेर चर्चामा आएका तेन्दुलकरले किताब लेख्न त्यत्तिको मिहिनेत लाग्ला भन्ने आफूले कहिल्यै नसोचेको समेत बताए ।
‘जीवनमा जे जति घटना भएका हुन्छन्, तिनलाई सम्झनु सजिलो छैन,’ तेन्दुलकरले बिबिसीसँग कुराकानी गर्दै भनेका छन्, ‘त्यसलाई सम्झनका लागि विशेष प्रयत्न गर्नुपर्दछ ।’
उनले आत्मकथामा आफूलाई इमानदार रुपमा प्रस्तुत गर्न प्रयास गरेको बताए । खेल्ने बेलामा आफू धेरै नबोल्ने र खेलमा मात्रै ध्यान गरेकोले भन्नका लागि आफूसँग धेरै कुरा भएको पनि तेन्दुलकरले बताए ।