इबोलाबाट संक्रमितको सफल उपचार

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ३:३९ मा प्रकाशित

ebolaएजेन्सी– पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरसबाट संक्रमित बिरामीको उपचारमा अमेरिकाले पहिलो सफलता हात पारेको छ ।
न्यूयोर्कका एक स्वास्थ्य अधिकारीका अनुसार इबोलाबाट थलिएका अमेरिकी चिकित्सकको सफल उपचार भएको छ ।

अमेरिकाका विशेषज्ञ डाक्टरहरुको निरन्तरको अनुसन्धनात्मक उपचारबाट ती चिकित्सक ईबोला भाइरस मुक्त भएको बीबीसीले जनाएको छ । क्यारिग स्पेन्सर नामका ती चिकित्सक इबोलाबाट मुक्त भएपछि घर फर्किएका छन् । इबोला प्रभावित गुइनामा कार्यरत  रहादा उनलाई संक्रमण भएको थियो ।

अमेरिकामा यसअघि इबोला संक्रमित एकजनाको मृत्यु भएको थियो । पश्चिम अफ्रिकामा महामारीमा रुपमा फैलिएको इबोलाबाट हालसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us