अखाद्य वस्तु बेच्ने चार उद्योगमाथि मुद्दा दायर

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ११:५६ मा प्रकाशित

राजविराज, २४ कात्तिक – क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले तोकिएको मापदण्ड विपरीत अखाद्य वस्तु मिसावट गरी उत्पादन र बिक्री गर्ने सिरहा र सप्तरीका चार उद्योगमाथि मुद्दा दायर गरेको छ ।

सो कार्यालयबाट प्राप्त विवरणअनुसार सिरहाको लहानमा रहेको पवन मसाला उद्योग – बेसार धुलो) र लहान जल उद्योग तथा सप्तरीको राजविराज नगरपालिकामा रहेको राम डेरी उद्योग र मिलन डेरी उद्योगविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको बताइएको छ ।

ती उद्योगहरूबाट उत्पादित सामग्रीहरूमा ब्याच नम्बर, उत्पादन मिति उल्लेख नभएको र दुषित एवं अखाद्य वस्तु मिसावट गरिएको फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । सो कार्यालयद्वारा सिरहा र सप्तरीमा गरिएको अनुगमन र खाद्य जाँच गरिएपछि मुद्दा दायर गरिएको हो ।

कार्यालय प्रमुख उपेन्द्र रायका अनुसार पूर्वाञ्चलको विभिन्न जिल्लाबाट आर्थिक वर्ष २०७०–०७१ मा १६ वटा उद्योगविरुद्ध मुदा दायर गरिएको बताउँदै पूर्वाञ्चलबाट ७०० भन्दा बढी खाद्य वस्तुको अनुगमन गरी जाँचका लागि ल्याएको बताउ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us