
काठमाण्डु, २३ कात्तिक– कुवेतमा चलिरहेको एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले साउदी अरबलाई १९५ रनले पराजित गरेको छ । नेपालले दिएको ३२२ रनको लक्ष्य पछ्याउँदै साउदी १२६ मा अल आउट भयो ।
साउदी अरब र नेपाल यु–१९ प्रतियोगितामा ५ वर्षपछि आमने सामने भएका हुन् । यसअघि सन् २००९ मा भएको खेलमा पनि नेपालले १३७ रनको फराकिलो अन्तरको जीत हासिल गरेको थियो ।
यस पटकको खेलमा नेपालसँगै ६ देश प्रतियोगितामा छन् । त्यसमध्ये अफगानिस्तान, युएई, कुवेत र मलेसियालाई उपाधिका दाबेदारका रुपमा हेरिएको छ ।