
रौतहट, २३ कात्तिक– नेपाल टेलिकमले चन्द्रपुर नगरपालिका र आसपासका क्षेत्रमा शनिबारदेखि दु्रत गतिको थ्रिजी इन्टरनेट सेवा सुरु गरेको छ ।
पछिल्लो समय रौतहट जिल्लामा इन्टरनेट प्रयोगकर्ता बढेको र दु्रत गतिको इन्टरनेटको माग आएकाले थ्रिजी सेवा सुरु गरिएको नेपाल टेलिकम शाखा कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार महतोले बताए ।
थ्रिजी सेवा प्रयोग गर्न थ्रिजी मोबाइलकर्ताले थ्रिजी टाइप गरी १४०० मा सन्देश पठाउनुपर्ने नेपाल टेलिकमले जनाएको छ ।
चौबीस घन्टापछि आएको निर्देशनअनुसार दु्रत गतिको इन्टरनेट चलाउन सकिने कार्यालय प्रमुख महतोले बताए ।
यो सेवा सुरु भएसँगै ग्राहकले मोबाइलबाट भिडियो च्याट र भिडियो हेर्न सक्नाका साथै सबैखाले इन्टरनेट सेवा लिन सक्ने नेपाल टेलिकम चन्द्रनिगाहपुर शाखाले जनाएको छ ।
रासस