
काठमाण्डु, २३ कात्तिक – कुवेतमा सुरु भएको एसीसी यू-१९ पि्रमियर क्रिकेटमा नेपालले साउदी अरबलाई ३२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले अन्तिम बल बाँकी छँदा सबै विकेट गुमाएर ३२१ रन बनायो । ४७ रनमा सुरुवाति दुई रन गुमाएको नेपालका कप्तान राजु रिजाल र शंकर रानाले तेस्रो विकेटका लागि १४९ रनको साझेदारी गरे ।
कप्ता रिजाल मात्र एक रनले अर्धशतक बनाउन चुके । ४५ बलको सामना गरेका उनले दुई चौकाको मदतमा ४९ रन बनाए । चौथो विकेटका रुपमा शंकर राना आउट भए । आक्रामक व्याटिङ गरेका उनले ८२ बलमा ११ चौका र २ छक्काको मदतमा ८९ रन बनाए ।
दिपेन्द्र ऐरीले ४२ रन बनाए । नेपालका लागि आरिफ शेखले ३३, ओपन सुनिल धमलाले २६ र शौरभ खनालले २३ रन बनाए ।
आजै हुने अर्को खेलमा उपाधिको दावेदार अफगानिस्तान र मलेसिया भिड्नेछन् । ६ देशका सहभागिता रहेको प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, युएई र मलेसियालाई उपाधि दावेदारका रुपमा हेरिएको छ । आयोजक कुवेत पनि बलियो टोली हो ।