लगानीका लागि स्वर्णीम वातावरण : गभर्नर

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १२:४७ मा प्रकाशित

डडेल्धुरा, २२ कात्तिक – नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले मुलुकमा लगानीको स्वर्णीम वातावरण सिर्जना भएको दाबी गरेका छन् ।

बैंकिङ गतिविधिको स्थलगत अध्ययनका लागि डडेल्धुरा आएका गभर्नर खतिवडाले व्यवसायीसँगको अन्तक्र्रियामा भने, ‘ लगानीको वातावरण छैन भन्ने कुरा अब रहेन, पछिल्ला सूचकाङ्क हेराै, लगानीको स्वर्णीम वातावरण बनेको छ ।’

उनले राष्ट्र बैंकले आफ्ना नीतिमा परिमार्जनका लागि सुझाव सङ्कलन गर्न लागेको पनि बताए । मुलुकको बदलिँदो परिस्थितिअनुसार बैंकिङ नीतिलाई विकेन्द्रिकरण गरिने जानकारी दिए ।

गभर्नर खतिवडाले समावेशी आर्थिक विकासका लागि वित्तीय समावेशीतामा ध्यान दिनुपर्नेमा जोड दिँदै भने ,‘ठूला परियोजना र ठूला व्यवसायीमा मात्र लगानी होइन, क्षेत्रगत रुपमै समावेशीतालाई ध्यानमा राखी लगानी बढाउन आवश्यक छ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us