विमला तामाङलाई दुई लाख ५० हजार प्रदान

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १२:४० मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक – दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औँ एसियाली खेलमा कास्य पदक विजेता विमला तामाङलाई आज यहाँ आयोजित कार्यक्रममा दुई लाख ५० हजारसहित सम्मान गरिएको छ ।

bimalaबालाजु कराँते डो प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा खेलाडी तामाङलाई सो रकमसहित सम्मान गरेका हुन् ।

संसदीय दलका उपनेता तथा एमाओवादीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले राष्ट्रनिर्माणको सूचक खेलकुद क्षेत्र भएको भन्दै खेलकुद र खेलाडीमाथि राजनीति गर्न नहुने बताए ।

खेलकुद क्षेत्रमा योजना बनाएर अघि बढ्ने हो भने नेपाल अन्तर्राष्ट्रियस्तरमा राम्रो खेलकुद राष्ट्रको रुपमा परिचित हुन सक्ने बताउँदै खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई योजना बनाएर अगाडि आउन आग्रहसमेत गरे ।

खेलकुदलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिँदै उनले भने – ‘अब खेलकुदलाई जनताको सरोकारको विषय बनाउनुपर्छ र यसका लागि नेपालका प्रत्येक वडामा खेलमैदान निर्माण गरिनुपर्छ ।’

कार्यक्रममा मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा प्रकाशचन्द्र श्रेष्ठले खेलाडी तामाङलाई आरोग्य प्रतिष्ठानको सद्भाव दूतको रुपमा मनोनीत गरे । सो अवसरमा उनले खेलाडी तामाङलाई रु २५ हजार नगद दिने घोषणासमेत गरे ।

सम्मानित खेलाडी तामाङले एसियाली खेलकुदमा पाएको सफलताले आफूलाई उत्साहित गरेको बताइज् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us