
काठमाण्डु, २२ कात्तिक– पछिल्लो समय साना तथा घरेलु उद्योगको सञ्चालन अवस्था कमजोर बन्दै जाादा आधाभन्दा बढी उद्योग बन्द भएका छन् ।
साना तथा घरेलु उद्योग महासङ्घका अनुसार दर्ता भएका तीन लाख उद्योगमध्ये एक लाख ४० हजार उद्योग मात्र सञ्चालनमा आएका छन् । ग्रामीण भेगमा साना उद्योगको वित्तीय पहुाच कमजोर भएका कारण खर्च धान्न नसकेर उद्योग बन्द हुने गरेको महासंघ अध्यक्ष श्याम गिरीले जानकारी दिए ।
महासंघको अध्ययनअनुसार कतिपय उद्योगी सञ्चालकले बैंकबाट सस्तोमा ऋण पाउन पनि एक व्यक्तिले धेरै उद्योग सञ्चालनमा ल्याएका कारण उद्योग सञ्चालनको अवस्था कमजोर बन्ने गरेको छ । सरकारले सना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यक्तिलाई सस्तोमा ऋण उपलब्ध गराउादै आएको छ । बौकबाट सस्तोमा ऋण निकाल्न एकै व्यक्तिले पााच वटासम्म उद्योग दर्ता गर्ने गरेको अध्यक्ष गिरीले जानकारी बताए ।
र