६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १२:५६ मा प्रकाशित

पाकिस्तान , २१ कात्तिक – दक्षिणपश्चिम पाकिस्तानमा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

ती बालिकालाई मारेर फोहोरको थुप्रौनजिकै फ्याँलिएको अवस्थामा प्रहरीले फेला पारेका जनाइएको छ । प्रहरीद्धारा जारी अनुसन्धानमा ती बालिकामाथि बलात्कार भएको र त्यसपछि हत्या गरिएको प्रष्ट भएको छ ।

उत्तरपश्चिम पाकिस्तानको प्रायः अशान्त भइरहने बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको सहारा बतोल इलाकामा गत बुधबार उक्त बालिकाको शव प्रहरीले फेला पारेका थिए ।

सहारा बतोल इलाकामा हजारा प्रजातीय समूहको बलियो प्रभाव रहेको जनाइएको छ । हजारा प्रजातीयहरुमा प्रायः जसो सिते मुसलमान समूदायमा रहेका छन् ।

बलुचिस्तान प्रान्तमा हालका केही वर्षयता सुन्नी मुसलमान अतिवादी समूहको नेतृत्वमा बढ्दो रुपमा हिंसाहरु भइरहेको पाइन्छ ।

बालिका हत्या अनुसन्धानमा संलग्न बलुचिस्तान प्रान्तका प्रहरी इन्स्पेक्टर जरनल आम्लास खानले ‘यो एक घृणित अपराध हो र यस अनुसन्धानको लागि प्रहरी आफ्नो सबै प्रयास अपनाउने छ ’ एएपपी समाचार समितिलाई बताए ।  एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us