खाद्य संस्थानले तोक्यो धानको मूल्य

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ११:३७ मा प्रकाशित

कैलाली , २० कात्तिक – नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले कैलालीमा धानको मूल्य निर्धारण गरेको छ ।

Dhanसो कार्यालयले दिएको जानकारीअनुसार मोटो धान प्रतिक्विन्टल एक हजार ८७५, मध्यम दुई हजार र मसिनो धान दुई हजार १०० कायम गरिएको छ ।

यस वर्ष गत वर्षको भन्दा धानको मूल्य बढाइएको खाद्य संस्थान सेती अञ्चल कार्यालय प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार गत वर्ष मोटो धानको प्रतिक्विन्टल रु एक हजार ८१०, मध्यम रु एक हजार ८१५ र मसिनो धानको रु एक हजार ९०० कायम गरिएको थियो ।

खाद्य संस्थानले यस वर्ष कैलालीमा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । गत वर्ष संस्थानले १६ हजार क्विन्टल धान खरिद गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us