
काठमाण्डु, २० कात्तिक– बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता राउल ७१ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।
बुधबार राति भएको खेलमा एयाक्सविरुद्ध बार्सिलोनालाई २–० को जित दिलाउने क्रममा मेस्सीले दुवै गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा हेडबाट गोल गरेका उनले ७६ औं मिनेटमा व्यक्तगित दोस्रो गोल गरे ।
याे सँगै उनले रियल मड्रिडका पूर्वस्टार राउलको नाममा रहेको ७१ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।
मेस्सीले ९० खेलमा ७१ गोल गरेका हुन् । राउलले १४२ खेलमा यो कीर्तिमान बनाएका थिए । रोनाल्डोले १०७ खेलमा ७० गोल गरेका छन् ।