भारत लैजाँदै गरिएकी बालिकाको उद्धार

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १३:५३ मा प्रकाशित

कञ्चनपुर, १९ कात्तिक- विवाहको आश्वासनमा भारत लैजान लागेकी एक बालिकाको कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट आज उद्धार गरिएको छ ।

महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएकी उनलाई गैरसरकारी संस्था सानाहातको सेवा केन्द्रमा राखिएको छ । ती बालिकालाई भारत लैजान लागेका डडेल्धुरा भतकाँडाका गणेश साउदलाई प्रहरी हिरासतमा राखिएको छ ।

कक्षा १० मा पढ्ने ती बालिकालाई ३२ वर्षीय साउदले आफ्नो विवाह नभएको भन्दै उनलाई दिल्ली लैजान लागेका थिए ।

संस्थाले बसपार्कमा लागेर सोधपुछ गरेपछि शङ्का लाग्दा बालिकालाई संस्था र साउदलाई प्रहरी कार्यालयको जिम्मा लगाएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us