काठमाण्डु, १९ कात्तिक- नेपाल वायु सेवा निगममा कार्यरत एक क्याप्टेनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका क्याप्टेन दीपेन्द्र प्रधानविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले बुधबार जारी गरेको उजुरीमा प्रधानले सेवा प्रवेश गर्ने बेला पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गरिएको छ ।
छानबिनका क्रममा उनले भारत बिहारस्थित इन्टरमिडियट एजुकेशन काउन्सिलबाट आईएस्सी उत्तीर्ण गरेको भनी पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो ।