काठमाण्डु, १९ कात्तिक- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राज्ञिक मर्यादामाथि गम्भीर आक्रमण गरेको आरोप प्राध्यापकहरुले लगाएका छन् ।
प्राज्ञिक मर्यादा संरक्षण समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अख्तियारले प्राज्ञिक व्यक्तिहरुको छविमाथि नै प्रश्नचिन्ह खडा गरेको बताएको हो ।
कार्यक्रमका संयोजक मनोजकुमार कर्णले प्राध्यापकहरु दोहोरो मारमा परेको गुनासो गरे । त्रिभुवन विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रुपमा परिणत गर्दै लगेको आरोप कर्णले लगाए ।
प्राज्ञ व्यक्तिहरुमाथि राज्यले छानबिन पनि गर्न नपाउने भन्ने प्रश्नमा कर्णले भने, ‘दोषी जो कोहीलाई पनि कारबाही गरिनुपर्छ तर, त्यसको सत्यतथ्य नकोट्याई अपराधीसरह व्यवहार गर्नु कतिको उचित हो ?’
उनले यस क्षेत्रमा भ्रष्टाचारी जो कोहीलाई पनि छाडिनु नहुने प्रष््ट्याए । छन् । तर, निर्दोषलाई अपराधीसरह व्यवहार गर्न नपाइने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न विश्वविद्यालयलगायत उच्च मावि शिक्षा परिषद् र सीटीइभीटीमा विगत केही महिनादेखि अनवरत रुपमा आतंककारी शैलीमा छापा मारिएको आरोप लगाइयो ।
समितिद्वारा जारी विज्ञप्तिमा परिवर्तनविरोधी लोकमान सिंह कार्की नै पवर्तनपछि अख्तियार प्रमुख बनेर आन्दोलनकारी शक्तिलाई जेल हालेर राजनीतिक प्रतिशोध लिन उद्दत रहेको उल्लेख छ ।