कम्मरमा बाँधेर राखेको सुन प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १०:१४ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक – महानगरीय प्रहरी वृत्त थानकोट प्रहरीले टोलीले काठमाण्डुको नागढुङ्गामा लुकाइछिपाई ल्याइएको ७ किलो सुन बरामद गरेको छ ।

goldबुधबार बिहान ताप्लेजुङ पापुङ – ४ का ४३ वर्षीय दोर्जे शेर्पालाई जाँच गर्दा उक्त सुन फेला परेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले झापाको बिर्तामोडबाट राजधानी आउँदै गरेका शेर्पाले कपडामा पोको पारी कम्मरमा बाँधेर राखेको एक–एक किलो सुन बरामद गरेको जानकारी दिए ।

प्रहरीले शेर्पालाई नियन्त्रमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । सुरक्षा जाँचका क्रममा केही दिनयता विभिन्न व्यक्तिबाट बरामद गरिएका एक थान ल्यापटप, सात थान मोबाइल टेलिफोन र ४९९ निट्रोजुम नामक लागुऔषध पनि आजै सार्वजनिक गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us