प्रचण्ड र बाबुराम पक्षकाे रसुवामा मारामार

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ६:४५ मा प्रकाशित

रसुवा, १९ कात्तिक – एकीकृत माओवादी रसुवाका जिल्ला कार्यकर्ताबीचको कलहले नेतृत्वको आधिकारिकता कसलाई मान्ने भन्ने विषयमा अन्योल भएको छ ।

maoist-flagबाबुराम भट्टराई पक्षधर पूर्वसभासद् प्रेमबहादुर तामाङले बहुमतद्वारा आफ्नो नेतृत्वमा जिल्ला कमिटी गठन गरेपछि स‌स्थापन पक्षधर इन्द्र गाैतमले प्रेस विज्ञप्तिमार्फत त्यसलाई अवैधानिक समानान्तर कमिटी गठन गरेको जिकिर गरेका छन् ।

स‌स्थापन पक्षले तामाङसमेतलाई निलम्बन गरेकाे छ ।  एमाओवादीभित्र विवाद चुलिएको कारण जिल्ला तहमा हुने सभासम्मेलनमा आमन्त्रण गर्न तथा जिल्लामा हुने विकासनिर्माणका काममा महत्वपूर्ण सुझाव लिन यहाँका सरकारी एवम् गैसस निकाय अन्योलमा परेका छन् ।

गत वैशाख १५ गते जिल्ला सम्मेलनमा कार्यकर्ताबीच कुटपिट भएपछि नेतृत्व चयन प्रक्रिया स्थगन भएको र हालसम्म पार्टी जिल्ला तहका प्रमुख व्यक्ति गाैतम नै भएको पार्टीका पोलिटब्युूरो सदस्य हितबहादुर तामाङले बताए ।

उता तामाङले भने दुई तिहाई बहुमतले आफू जिल्ला अध्यक्ष चयन भएको जिकिर गरेका छन् । रसुवाका एमाओवादी कार्यकर्ताबीच कलह बढेपछि जिल्ला तहको आधिकारिक नेतृत्व कसको हो भन्ने विषयमा एमाओवादी केन्द्रीय कार्यालयले सञ्चारमाध्यममार्फत रसुवावासीलाई सुसूचित गराउनुपर्ने माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us