किन हाम फाले श्रीमान–श्रीमती नै खोलामा ?

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ५:५८ मा प्रकाशित

 मोरङ , १९ कात्तिक – मोरङमा एक दम्पती खोलामा हामफालेर आत्महत्याको प्रयास गर्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर भएका छन्।

बयरबन–८ बस्ने ५६ वर्षीय बमबहादुर पौडेल र श्रीमती ५० वर्षीया गुञ्जमायाले बयरवन–७ स्थित भलुवा खोलाको पुलबाट मङ्गलबार साँझ ७:३० बजे हामफालेका हुन्।

स्थानीयले देखेपछि उनीहरूलाई खोलाबाट उद्धार गरेको थियो। गुञ्जमायाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो भने गम्भीर अवस्थामा रहेका बमबहादुरको पथरी अस्पतालमा उपचार भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको  छ। रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us