बालिका बलात्कार गर्ने जेल चलान

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ४:४२ मा प्रकाशित

सोलुखम्बु, १९ कात्तिक– चार वर्षीया बालिका बलात्कार गर्ने सल्यान–४ सोलुखुम्बुका नवीन जोशीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत असोज २२ गते जङ्गलमा गाई चराउन गएको बेला एक्लै भएको मौका पारी  बालिकालाई बलात्कार गर्ने जोशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानपछि मङ्गलबार जिल्ला अदालतमा पेस गरेको हो ।

अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न दिएको आदेशअनुसार जेल चलान गरिएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

यसैबीच खुम्जुङ–८ की एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गुदेल–८ निवासी निरकुमार राईलाई पनि मङ्गलबार नै जिल्ला अदालत सोलुखुम्बुले पुर्पक्षका लागि जेल चलान गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us