२६ वर्षपछि फरार अभियुक्त फक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ४:३८ मा प्रकाशित

गौशाला, १९ कात्तिक– कुटपिट मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बथनाहा गाविस–४ का हरिनन्दन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । २०४४ सालमा ठाकुरले स्थानीय रामचरण महतोलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालत महोत्तरीले जरिवाना कैद सजाय गरेकामा उनी सोही बेलादेखि भाग्दै आएका थिए ।

प्रहरीले ठाकुरलाई नेपाल भारतको बथनाहा सीमा नाकाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us