लोकमानकै कार्यकक्षमा लम्बु हाक्किम र कालो स्ल्याक्स लाउने युवतीको यस्तो चर्तिकला

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– अरुलाई गलत देखाउनेहरु पहिला आफू ठिक हुनुपर्ने हो । तर, आफैं गलत देखिएपछि अरुका गल्ती पक्डदै हिंड्ने नैतिक धरातल खत्तम हुन्छ । यो कुरा सायद अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई राम्रोसँग थाहा छ । तर, उनले पत्तो नपाइकनै उनको कार्यकक्षमा यही शनिबार एउटा चर्तिकला मच्चियो ।
घटना हो, शनिबार बिहान साढे ९ बजेको । सरकारी बिदाको दिन हो त्यो । सरकारी बिदामा सरकारी अफिस सामन्यतया खुल्दैनन् । तर, अख्तियारको कार्यप्रकृति फरक छ । त्यसैले कहिलेकाहीं बिदाका दिनमा पनि काम विशेषले हाकिम जाने र काम गर्ने हुन सक्छ । गत शनिबार त्यस्तो केही ‘काम विशेष’ थिएन । तर, प्रमुख आयुक्तको कार्यकक्ष भने भित्रबाट चुकुल लगाउँदै ‘व्यस्त’ रह्यो ।
एक जना लम्बू केटो अख्तियार छिरे । उनी त्यहीं कार्यरत एक जना हाकिम हुन् । साथमा थिइन्, रातो ज्याकेट लगाएकी युवती, जसले मुन्तिर कालो रंगको स्ल्याक्स लगाएकी थिइन् ।  अख्तियारका लागि सरकारीले प्रहरी दरबन्दी थप गरिदिएको छ । अनुसन्धानका लागि निजामति कर्मचारीभन्दा प्रहरी नै भरपर्दा हुने र तिनले भनेको बेलामा, भनेकै मान्छे समातेर ल्याउने कारण दरबन्दी थप गरी अख्तियार प्रहरीमय बनाउने लोकमानको योजना हो ।
तर, प्रहरी युवतीका पछि लाग्ने र अख्तियारकै बदनाम गराउने काममा तल्लिन हुन्छन् भन्ने कुरा लोकमानले नसोच्दा शनिबारको घटना भएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । शनिबार सुरक्षार्थ अख्तियारमा तैनाथ प्रहरी यो घटनाका साक्षी हुन् । तिनले लोमानलाई ‘हजुरको कोठामा यस्तो यस्तो भयो’ भन्न सक्दैनन् । निजामतीका कर्मचारी त्यसदिन कोही पनि कार्यालयका थिएनन् । शनिबार यस्तो चर्तिकला देखाउने व्यक्ति नेपाल प्रहरीका राजपत्रांकित अधिकृत र युवती त्यहींकी करारकी कर्मचारी भएको स्रोतबो दाबी छ । जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us