फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते २:०४ मा प्रकाशित

petrolकाठमाण्डु, १८ कात्तिक– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार नियमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।  पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ६७ पैसा मूल्य घटाइएको नियमले जनाएको छ ।

मूल्य घटेसँगै पोट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ ५० पैसा कायम भएको छ ।  अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमको नाफा बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा व्यापक गिरावट आएसँगै भारतीय आयल कर्पोरेशन ‘आइओसी’ ले एक साताअघि भारतमा पनि पेट्रोलियमको मूल्य घटाएको थियो ।

आइओसीले पठाउने नयाँ मूल्य सूचीका आधारमा सरकारले असोज ३१ गते दुई सातामा एकपटक पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

निगमले यसअघि गत कात्तिक १ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us