शिल्पीमा प्रतिरोधी कविता

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ७:२८ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– शिल्पी थिएटर बत्तिस पुतलीको प्रेक्षालयमा शनिबार प्रतिरोधी चेतनाका कवितामाथि ताली बजे । युवा कविद्वय प्रकाश थाम्सुहाङ र मणि काफ्लेले ‘मुक्त अनुभूति’को पाँचौ शृंखलामा सीमान्त वर्गका सपनामाथि लेखिएका कविता सुनाए ।
Mani Kafle२०६२\०६३ को जनआन्दोलनका ‘कवि हिरो’ मणि काफ्लेले ‘कान्छीमाया’, ‘फर्किजाने बाटो’, ‘ओ गुगल’ जस्ता प्रभावशाली कविता सुनाएका थिए भने इलामबाटा आएका थाम्सुहाङले ‘जाडोको कथा’, ‘साँझ शब्दचित्रमा’ लगायतका कविता सुनाएका थिए ।

पत्रकार रोहित खतिवडाले संयोजन गरेको कार्यक्रममा दुवै कविहरुले आफ्नो ग्रामीण जीवन र कविता लेखनको प्रक्रियाबारे खुलेर बोलेका थिए ।

मुक्त अनुभूति हरेक महिना शिल्पी थिएटरमा हुने कविता प्रधान कार्यक्रम हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us