पर्यटक संख्या वृद्वि

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ५:२३ मा प्रकाशित

ललितपुर, १५ कात्तिक– गत वर्षको तुलनामा यो वर्ष उल्लेखनीय रुपमा पर्यटकको वृद्वि भएको पाटन सङ्ग्रहालयले जनाएको छ ।

पर्यटकको आगमन हुने मुख्य सिजनमा यही कात्तिक–मंसिरमा गत वर्षको तुलनामा यो वर्ष करिब ३० प्रतिशतले वृद्वि भएको संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए ।

यही सिजनमा अहिले करिब ६० हजारको हाराहारीमा पर्यटकको आगमन भएको बताएको छ ।

यस वर्ष करिब रु १२ लाख बराबरको आम्दानी भएको छ जुन गत वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको सङ्ग्रहालयका अधिकृत लाखेंको दाबी छ ।

 संग्रहलयमा आउने धेरैजसो सार्क मुलुकभन्दा विदेशी नै बढी रहेको छ । यसका साथै आन्तरिक पर्यटकको आगमनसमेत राम्रो रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us