कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ४:०९ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक- नेपाल र फिलिपिन्सबीच गएराति भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ ।

कतारको दोहामा भएको खेलमा नेपालले फिलिपिन्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा तीन गोल खाएको थियो । फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा सिमोनले गोल गरे । खेलको ६५ औँ मिनेटमा नेपाली मिडफिल्डर जगजित श्रेष्ठ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल थप दबाबमा प¥यो ।

खेलको ९० औँ मिनेटमा नेपालका आदित्य चौधरीले फल गरेपछि फिलिपिन्सले पेनाल्टी पायो र फिलिपले सजिलै गोल गरे । लगत्तै हार्मन मार्कले थप एक गोल गर्दै फिलिपिन्सलाई ३–० को जित दिलाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us