काठमाण्डु, १५ कात्तिक– सन् २०१५ नोभेम्बरको पहिलो साता अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पत्नीसहित नेपाल भ्रमणमा आउने भएका छन् ।
उनी पोखरा जानेछन् र धमाधम घर बनाउन थाल्नेछन् । यसरी ९१ वर्षीय कार्टर र उनकी पत्नी रोस्लिनको संलग्नतामा देश र विदेशका दुई हजारभन्दा बढी स्वयंसेवकले एक सय घर बनाउनेछन् । तर यी घरमा न कार्टर दम्पती बस्नेछ न कुनै कुटनीतिक नियोगका मानिस हुनेछन् ।
कार्टर सेन्टरको योजनाअनुसार यी घरमा घरै नभएका मानिस बस्नेछन् । कार्टर आउने र घर बनाउने तिथिमिति सहितको यो योजना शुक्रबार कार्टर सेन्टर नेपालले राजधानीमा सार्वजनिक गरेको हो ।
हृयाबिट्याट फर हृयूम्यानिटि ३२ औं जिम्मी एण्ड रोस्लिन कार्टर वर्क प्रोजेक्टु अनुसार नेपालमा यी घरहरु बनाउन लागिएका हुन् । मैले नेपाल घुम्ने सौभाग्य कैयौं पटक पाएको छु र नेपालको कला, संस्कृति र इतिहाससँग परिचित छु ।
कार्टर सेन्टरले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त योजनाका बारेमा कार्टरको वक्तव्य उल्लेख गरेको छ,तर आगामी वर्ष हामीसँगै हजारौं स्वयंमसेवक नेपालका एक सय परिवारका लागी उनीहरुको घर निर्माण गर्ने अनुभव संगाल्न आउँदैछु ।