एक छाक खाएको ऋण तिर्न नसक्दा छोरालाई ४ वर्ष बन्धक

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते २:५० मा प्रकाशित

रुकुम, १५ कात्तिक– बाबुले होटलमा खाएको ऋण तिर्न नसकेको भन्दै बन्धक बनाइएका ११ वर्षीय बालकको शुक्रबार उद्दार गरिएको छ ।
दाङ सैघाका ११ वर्षीय रमेश विकको जिल्ला बालकल्याण समितिको पहलमा उद्दार गरिएको हो ।
रुकुम,पिपल–४ का लोकबहादुर खत्रीका घरमा रमेश ४ वर्षदेखि बधुवा बालश्रमीकका रुपमा काम गर्दै आएका थिए । उनका बाबु वीरबहादुरले स्थानीय एक होटलमा खाना खाई बास बसेको रकम तिर्न नसकेपछि छोरालाई खत्रीको जिम्मा लगाइएको थियो ।

‘होटलमा तिर्नुपर्ने रकम तिर्न नसकेपछि वीरबहादुरले पैसा लिएर आउँछु ,त्यतिबेलासम्म मेरो छोरोलाई यही राख्नु भनेर ४ वर्षअघि छाडेका थिए,’ लोकबहादुरको दाबी छ,‘उनी अझैसम्म छोरा लिन नआएपछि घरमा काम गर्न राखेको हुँ ।’

उनले बालकको खोजी गरे पनि पत्ता लाग्न नसकेको बताए । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us