हिन्दू राज्य माग गर्दै राप्रपा नेपालका कार्यकर्ताले लगाए यात्रुसहितको माइक्रोमा आगो

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते १४:०२ मा प्रकाशित

putlaकाठमाण्डु, १४ कात्तिक– राप्रपा नेपालका कार्यकर्ताले राजधानीमा गुडिरहेको  माइक्रो बसमा आगजनी गरेका छन् ।
गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाउन जम्मा भएका राप्रपा नेपालका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप भएपछि उनीहरुले रत्नपार्कमा यात्रुसहित गुडिरहेको माइक्रो बसमा आगो लगाएका हुन् ।

माइक्रोका यात्रु र प्रहरीले आगो तत्काल नियन्त्रणमा लिएपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । गौतमको पुत्ला बाल्दै गरेका राप्रपा नेपालका कार्यकर्ताले प्रहरी हस्तक्षेप भएपछि बलिरहेको पुत्ला गुडिरहेको माइक्रोमा फालेका थिए ।

जलेर मरिने डरले केही यात्रु गुडिरहेको माइक्रोबाट हामा फलेका थिए । तत्कालै प्रहरीले पुत्ला नियन्त्रणमा लिएर सडकमा फ्याँकेपछि मात्र यात्रुले लामो स्वास फेरेका थिए ।

हिन्दू राज्य माग गर्दै शान्तिबाटिकामा अनसन बसेकाहरुविरुद्ध गृहमन्त्री गौतमले संसद बैठकमा अमर्यादित शब्द प्रयोग गरेको भन्दै राप्रपा नेपालले उनको पुत्ला जलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us