अर्कैको क्रेडिट कार्डबाट ८ हजार डलर झिक्ने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक–अर्काको क्रेडिक कार्ड दुरुपयोग गरी रकम झिकेको आरोपमा प्रहरीले काठमाण्डुबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक माङखा–१ घर भई काठमाण्डु कालोपुल बस्ने ३२ वर्षीय प्रल्हाद पौडेल रहेको प्रहरीले जनाएको छ ।

उनी जमलमा ट्राभल्स संचालन गर्दै आएका थिए । पौडेलले हाल अमेरिकामा रहेका ईश्वर होडाको नामको क्रेडिक कार्डको दुरुपयोग गरी हवाई टिकट काट्ने वहानामा कार्डको सिरियल नम्बर, पिन नम्बरलगायतका विवरणका आधारमा खाताबाट ८ हजार २ सय ५८ अमेरीकी डलर झिकेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी उनलाई थप अनुसन्धानका लागि काठमाण्डु परिसरमा बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us